गायिका स्मिता दाहालले आगामी २१ गते प्रेमीसँग लगनगाँठो कस्ने भएकी छन् । स्रोतका अनुसार गोकर्णस्थित नर्लिङ रिसोर्टमा विवाह समारोहको आयोजना गरिएको छ ।
यी दुईबीच इन्गेजमेन्ट भैसकेको छ । केही दिनअघि स्मिताले बबरमहलका २७ वर्षिय सायुज्य श्रेष्ठलाई प्रेमीको रुपमा चिनाउँदै उनी आफ्नो जीवनसाथी हुन लागेको बताएकी थिइन् ।










