साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको बढोत्तरी आएको छ । आज बजार ३८.८१ अंकले बढेर २७५५.४७ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा १२ उपसूचक हरियाली भएको छ ।

आज बजारमा वृद्धि हुँदा बिशाल बजार कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंकको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर