नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सले टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको कर्णालीले ब्याटिङ रोजेको छ।

खेलमा भारतका शिवर धवन र न्युजिल्यान्डका जिमी निशमको खेल हेर्न पाइनेछ। दुवै खेलाडी एनपिएलमा आबद्ध चर्चित खेलाडी मध्येमा पर्छन्।

कर्णाली याक्समा आबद्ध धवन एनपिएल खेल्न शुक्रबार साँझ भारतबाट नेेपाल आइपुगेका थिए। नेपाल आइपुगेपछि उनले नेपालका स्थानीय खेलाडीसँग खेल्न आफू उत्साहित भएको बताएका थिए।

धवन भारतका चर्चित ओपनिङ ब्याटर हुन्। अघिल्लो वर्षसम्म आइपिएल खेलेका उनले गत वर्ष नै घरेलु तथा अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएका थिए। संन्यास लिएका भारतीय खेलाडीले मात्र अर्को देशको क्रिकेट खेल्न पाइने भारतीय क्रिकेट कन्ट्रोल बोर्डको निर्णयअनुसार धवनले नेपालमा खेल्न लागेका हुन्।

३८ वर्षीय धवनले भारतका लागि टेस्ट, एकदिवसीय र टी-२० तीनै फर्म्याटका खेल खेलेका छन्। उनले टेस्टमा ७ शतक प्रहार गर्दा एकदिवसीय खेलमा १७ शतक प्रहार गरेका छन्।

न्युजिल्यान्डका अलराउन्डर जिमी निशम भने जनकपुर बोल्ट्समा आबद्ध छन्। उनी एनपिएलका लागि आइतबार दिउँसो नेपाल आइपुगेका थिए।

जनकपुरका लागि पहिलो खेल भने उनले गुमाएका थिए। जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको खेल आफूले हेरेको बताएका निशमले आफू टोलीमा सामेल भएर खेल्न उत्साहित भएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर