साताको दोस्रो कारोबार दिन सेयर बजारमा बढोत्तरी आएको छ । आज बजार १९.९७ अंकले बढेर २७५८.०४ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५४ करोड १७ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा नौ उपसूचक हरियाली भएको छ ।
आज बजारमा बढोत्तरी आउँदा तारागाउँ रिजेन्सी होटल, बिशाल बजार कम्पनी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।