इतिहासकार पुरूषोत्तम शमशेर राणाको निधन भएको छ ।
बिहीबार राणाको निधन भएको हो । उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उनी प्रेसर लो भएर अस्पताल भर्ना भएका थिए ।
इतिहासकार राणाका ऐतिहासिक दरबारहरू, श्री ३ हरूको तथ्य वृतान्त (भाग १), श्री ३ हरूको तथ्य वृतान्त (भाग २), श्री ३ हरूको तथ्य वृतान्त (भाग ३) पुस्तक प्रकाशित छन् ।
राणा रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् । उनको जन्म १९८२ चैत १५ मा चारबुर्जा दरबारमा भएको थियो ।










