नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार खेलिएको दोस्रो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई जितका लागि एक सय ७१ रनको लक्ष्य दिएको छ ।

टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५ विकेटको क्षतिमा १७० रन जोड्यो। खेलमा रोहितले ९५ रन जोडे। अन्तिम बलमा रन आउट भएका रोहितले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे। जारी एनपिएलमा यो स्कोर व्यक्तिगत उच्च स्कोर हो।

रोहितसँग टस मुर्सले ११० रनको साझेदारी गरेका थिए। जसका कारण लुम्बिनीको रनले गति लिएको थियो। १९औं ओभरको अन्तिम बलमा आउट हुनुअघि मुर्सले ३८ बलमा २ चौका र २ छक्काको मद्दतमा ४५ रन जोडे।

त्यसअघि लुम्बिनीका दुवै ओपरन डक आउट भएका थिए। आशुतोष घिरैया इनिङ्ग्सको तेस्रो बलमा तथा उन्मुक्त चन्द तेस्रो ओभरमा शून्यमा रनमा पेभिलियन फर्के।

दुवैको विकेट पोखराका विपिन खत्रीले लिएका थिए। उनले आशुतोषलाई एलबिडब्लूको धरापमा पार्दा चन्दलाई रेमन्ड राइफरबाट क्याच गराए। सन्दीप जोराले १८ रन जोडेर आउट भएका थिए।

पोखराका माट क्रिचलीको एलबिडब्लूको धरापमा पर्नुअघि जोराले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे। बलिङमा पोखराका विपिन खत्रीले दुई विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित खवर