साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार आज ४५.९३ अंकले घटेर २६८९ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३२१ कम्पनीको १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४६ करोड ३ लाख ४ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।
आज बजारमा गिरावट आउँदा मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) नेपाल। जोशी हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ ।