मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ :३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
आसपासका जिल्लामा समेत धक्काको महसुस गरिएको थियो ।
यसअघि हिजो मात्र बझाङको धामेना आसपास केन्द्र बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने यही स्थानलाई केन्द्र बनाएर मंगलबार ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो।