मलेसियामा जारी एसिसी यू–१९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर ४ को दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्दे भएको छ ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको टसमा बंगलादेशले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाली समयअनुसारा खेल ११: ४५ बजे हुने भनिए पनि वर्षाका कारण केही ढिला हुन पुगेको हो ।

सुपर ४ को पहिलो खेल पनि वर्षाका कारण खेल रद्द भएपछि श्रीलंकासँग १-१ अंक बाँडेको थियो । आजको खेलमा नेपालले बंगलादेशलाई हराए फाइनल पुग्नेछ।

नेपाल समूह ‘बी’ को उपविजेता तथा बङ्गलादेश समूह ‘ए’ को विजेताका रूपमा सुपर फोरमा पुगेका हुन्

प्रतिक्रिया

सम्बन्धित खवर