राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आरोपपत्र पेस गरिएको छ।

कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा उनीविरुद्ध आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोगपत्र पेस गरिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रविसहित पाँच जनाविरुद्ध अदालतमा ४ सय पृष्ठको अभियोगपत्र पेस गरेको छ।

गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि, नेटवर्कका सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध छुट्टाछुट्टै मागदाबी गरिएको छ ।

सहकारी ठगी प्रकरणमा लामिछाने गत कात्तिक दुई गते काठमाडौंबाट पक्राउ परेका थिए। त्यसबीचमा उनीसँग कास्कीसहित रुपन्देही, काठमाडौं, चितवन र पर्सामा समेत बयान लिइएको थियो।

यसअघि शुक्रबार सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारी संस्थाको बचत रकम हिनामिना आरोपमा जिबी राईसहित १९ जनाविरूद्ध थप अभियोग दर्ता गरेको थियो। उनीविरूद्ध १० वर्षसम्म कैद र डेढ अर्ब असुल गर्न माग गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर