भक्तपुरको सूर्यबिनायक नगरपालिका-२ बालकोट फिकाधारास्थित एक घरमा दुईजना मृत फेला परेका छन्। सोमबार बिहान उनीहरू मृत फेला परेको र मृतक बाबुछोरा भएको जिल्ला प्रहरी परिसर भक्तपुर जनाएको छ।
साढे ३ तले पक्की घरको तल्लो तलमा दुई वटा छुट्टाछुट्टै कोठामा उनीहरू मृत फेला परेका हुन्।
मृतकमा खोटाङको रूपाकोट मजुवागढी नगरपालिका-१ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीन आचार्य रहेको प्रहरीको भनाइ छ।
दुवै कोठा बाहिरबाट ताला लगाइएको थियो। कोठाभित्र अचेत अवस्थामा रहेको स्थानीयले देखेपछि प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमीबाट टोली खटिएको छ। अहिले घटनास्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।