साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । आज बजार ५.३२ अंकले बढेर २५९१.५६ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३२७ कम्पनीको ९३ लाख ८६ हजार ७२१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड २ लाख १ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा आठ उपसूचक हरियाली भएको छ ।
आज बजारमा सुधार आउँदा उपकार लघुवित्त, दोर्दी खोला जलविद्युत, ग्रीन भेन्चर्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।