साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । आज बजार ४९.१२ अंकले बढेर २६४०.६८ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३१२ कम्पनीको १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा वृद्धि हुँदा सबै उपसूचक हरियाली भएको छ ।

आज बजारमा दोहोरो अंकले वृद्धि हुँदा आत्मनिर्भर लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, सुपरमादी हाइड्रोपावरको ९.७० प्रतिशत, सहास उर्जाको ८.७१ प्रतिशत, मायाखोला हाइड्रोपावरको ८.५९ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको ८.२५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर