सोमबारबाटै लागु हुने गरी सरकारले सार्वजनिक सवारी साधनको भाडादर बढाएको छ। यातायात व्यवस्था विभागले हिजैबाट लागु हुने गरी यात्रुबाहक सवारी साधनको ३.३ प्रतिशतले भाडा वृद्धि गरेको जनाएको थियो।

तर अहिले भने सरकार, यातायात व्यवसायी र यातायात मजदुर बीचको छलफल तथा समझदारीबाट भाडादर निर्धारण नगरी भाडादर समायोजन कार्यविधिका आधारमा मुख्यतया  इन्धनको मूल्य पाँच प्रतिशत बढेको वा घटेको अवस्थामा, त्यसै गरी हरेक वर्ष विभिन्न पाँच सूचक पारिश्रमिक, टायर, सञ्चालन खर्च, ह्रास कट्टी तथा मुनाफालाई आधार बनाएर र पाँच वर्षमा एक पटक पुनः सबै सूचकहरूलाई विश्लेषण गरेर तीन अवस्थामा भाडादर निर्धारण गरिएको छ।

तर यी सबै अवस्थामा भाडादर समायोजन गर्ने सरकार सार्वजनिक यातायात सुधारमा चाहिँ त्यति ध्यान नदिएको देखिन्छ। अहिले पनि यात्रुहरूले सार्वजनिक सवारी साधन चढ्न ठेलामठेल गर्नुपर्ने, घण्टौंसम्म कुर्नु पर्ने, उभिएर र झुण्डिएर यात्रा गर्नु पर्ने अवस्था जस्ताको त्यस्तै छ।

प्रतिक्रिया

सम्बन्धित खवर