ङादी ग्रुप पावर कम्पनीको हकप्रद सेयरमा आज मंगलबारदेखि आवेदन खुलेको छ ।
कम्पनीले शत प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले कुल १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ ।
लगानीकर्ताले माघ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । इक्रा नेपालबाट बीबी प्लस रेटिङ पाएको छ । मंसिर १७ गतेसम्म कायम सेयरधनीले मात्रै हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले हकप्रद निष्कासनबाट प्राप्त रकममध्ये १ अर्ब ८१ करोड रुपैयाँ माथिल्लो सेती जलविद्युत् आयोजनामा लगानी गर्ने जनाएको छ । २१६ मेगावाटको सो आयोजना समृद्धि इनर्जीले प्रवद्र्धन गरेको छ । त्यस्तै बाँकी सवा ३ करोठ रुपैयाँ ङादी ग्रुपकै आयोजनाको मर्मत सम्भार गर्ने उल्लेख छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३ रुपैयाँ ८३ पैसा छ भने प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता २७२ रुपैयाँ छ ।