साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज बजार १५.५४ अंकले घटेर २५९४.१३ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३२२ कम्पनीको १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६५ करोड ८ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ ।

आज बजारमा गिरावट आउँदा आत्म निर्भर लघुवित्त र सिन्धु विकास बैंकको सेयरमा नकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर