आशिका तामाङ पक्राउ परेकी छन्। प्रहरीले उनलाई अभद्र व्यवहार मुद्दाको अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
उनलाई स्वयम्भू क्षेत्रबाट बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कोषले २६ पुसमा आशिकाविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएको थियो।
अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट २८ पुसमा नै अनुमति लिएको थियो।
हाल उनलाई प्रहरी वृत्त गौशाला ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










