गायिका मेलिना राई वैवाहिक बन्धनमा बाँधिन लागेकी छन् ।
उनले ध्रुव गुरुङसँग लगनगाँठो कस्न लागेकी हुन् । पारिवारिक स्रोतका अनुसार यी दुईबिचको वैवाहिक समारोह शुक्रबार हुँदैछ ।
वैवाहिक कार्यक्रम गोकर्णेश्वरस्थित हिमाली घर रिसोर्टमा हुने भएको छ ।
मेलिना राईका ‘पिरेम नलाउनी’, ‘बैंसै बेइमानी’, ‘नाच फिरिरि‘’ लगायत थुप्रै नेपाली गीतहरू लोकप्रिय रहेका छन्।










