राजेन्द्र महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ।
आयोगले मंगलबार दल दर्ता गरी त्यसको प्रमाण पत्र उपलब्ध गराएको उक्त पार्टीका नेता केशव झाले जानकारी दिए।
यो पार्टीको चुनाव चिह्न ग्यास सिलिण्डर रहेको छ भने गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा रहनेछ।
दल दर्ता नम्बर २०१ कायम भएको झाले जानकारी दिए।
स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको मार्गनिर्देशक सिद्धान्तबमोजिम पार्टी आगाडि बढ्ने भन्दै उनले आम जनतालाई यस पार्टीको सदस्यता ग्रहण गरि सक्रियता साथ पार्टीमा लाग्न उनले अपील समेत गरेका छन्।










