राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको मुद्दामा जिल्ला अदालत रूपन्देहीमा जाहेरवाला पक्षले बहस गरिरहेका छन्।
बुटवलको सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराध अभियोगको मुद्दामा शुक्रबार बिहान ११ बजेदेखि न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासमा जाहेरवाला पक्षले बहस सुरू गरेका हुन्।
अहिले वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गरिरहेका छन्। त्यसपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गर्ने तयारी छ। उनीहरू दुबै जनाले यसअघि काठमाडौं र पोखरामा पनि जाहेरवालाको पक्षबाट बहस गरेका थिए।
उनीहरूको बहस सकिएलगत्तै प्रतिवादी लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरज बस्नेत, नारायणदत्त कँडेल, सुरेन्द्र थापा, अधिवक्ता पशुपति भण्डारी, राजेन्द्र सेढाइ र सुनीता राउत लगायतले बहस गर्ने तयारी छ।










