
आहा-रारा पोखरा गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनल खेलमा मंगलबार भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल पोखरा रंगशालामा दिउँसो २ बजे शुरु हुनेछ। ब्ल्याक बुल्सले सिधै क्वार्टरफाइनलमा अवसर पाएको हो भने थण्डरबोल्ट नर्थ-युनाइटेडले संकटा क्लबलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको थियो।
सोमबारको खेलमा जित निकाल्ने टोलीले फाइनल प्रवेशका लागि थ्रीस्टारसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि हिजो भएको खेलमा साविक विजेता आर्मीलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकको छ। सेमिफाइनलका खेल मंगलबार शुरु हुनेछ।