चलचित्र ‘लाज शरणम्’ को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो ।

बिहान साढे १० बजेसम्म यो गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको दुई नम्बरमा आइपुगेको छ ।

गित रिलिज भएको १८ घण्टा झण्डै ८ लाखले हेरेका छन् । ‘नेपाल हाँसेको’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र र्‍याप छ ।

गीतले विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ । कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ । सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको कोरसमा स्वर छ ।

बालेन मेयर भएपछि उनले गाएको गीत पहिलोपटक बजारमा आएको हो । लाज शरणम्ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल सङको संज्ञा दिएको छ । यो गीतले चलचित्रको हाइप थप बढाएको छ ।

चलचित्र लाज शरणम् हास्य टेलिश्रृंखला सक्किगोनिु को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकार देखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

‘लाज शरणम्’ को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर