साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । आज बजार ३.३५ अंकले बढेर २७५८.७५ को विन्दुमा कायम भएको हो ।

आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८९ करोड ३५ लाख ३८ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको ८० करोड ६७ लाख १४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै आज एनआरएन इन्फ्रास्ट्रक्चरको ४२ करोड ६३ लाख १६ हजार रुपैंया, घलेम्दी हाइड्रोको ३७ करोड ३१ लाख ६ हजार रुपैयाँ, सिइडिबी होल्डिङको ३० करोड ३१ लाख १४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर