
साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज बजार १३.६२ अंकले घटेर २८७६.६६ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३०० कम्पनीको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा गिरावट आउँदा ५ उपसूचक हरियाली भएको छ । आज गार्डियन माइक्रो लाइफको सेयरमा सकरात्मक सर्किट लाएको छ ।