लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।  आज लिगमा अपराजित नेपाल पुलिस क्लबले बागमती प्रदेशसँग खेल्दैछ।

खेल एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा बिहान ९ बजेदेखि शुरु हुनेछ।  जारी प्रतियोगितामा पुलिस अपराजित रहँदै ६ जितका साथ १२ अंकसहित शीर्ष स्थानमा छ।

बागमती प्रदेशले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ। आजै हुने अर्को खेलमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि नै शुरु हुनेछ। जारी प्रतियोगितामा लुम्बिनी ६ खेलमा ४ जित र २ हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ।

कर्णाली भने ५ खेलमा २ जित र ३ हारसहित ४ अंककासाथ पाँचौं स्थानमा छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर