अभिनेता आयुष्मान खुरानाकी पत्नी तथा फिल्म निर्माता ताहिरा कश्यप फेरि एकपटक स्तन क्यान्सरसँग लड्दै छिन् ।
सोमबार उनले इन्स्टाग्राममा एक भावुक पोस्ट सेयर गर्दै आफ्नो स्वास्थ्यको बारेमा यो जानकारी दिएकी हुन् ।
ताहिराले सात वर्षपछि फेरि स्तन क्यान्सर भएको बताइन्। २०१८ मा, उनले पहिलो पटक यो रोगलाई पराजित गरेकी थिइन्।
अब उनी यसलाई ‘राउन्ड २’ भन्दै छिन् र उही सकारात्मक मनोवृत्तिका साथ यसको सामना गरिरहेकी छिन्।पोस्टमा ताहिराले लेखेकी छिन्, ‘सबैलाई नियमित म्यामोग्राम गराउन सिफारिस गर्छु।
मेरो लागि दोस्रो चरण… तर अझै पनि हिम्मत छ।’ रोचक कुरा के छ भने, उनले यो पोस्ट विश्व स्वास्थ्य दिवसमा साझा गरेकी थिइन् ।
उनले सबैले आफ्नो स्वास्थ्यको ख्याल राख्न जे गर्न सक्छन् त्यो गर्नुपर्छ भनेर सुझाएकी छन् । मानिसहरूले उनको जोश र हिम्मतको को प्रशंसा गरिरहेका छन्।










