लुम्बिनी प्रदेशले पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेटका लागि टिम घोषणा गरेको छ ।
नेपालका लागि यू–१९ टिमबाट खेलेका कृष्ण कार्कीको कप्तानीमा लुम्बिनीले १४ सदस्यीय टोली घोषणा गरेको छ ।
१४ रेगुलर खेलाडी र ४ वैकल्पिक खेलाडी सहित १६ जना खेलाडीको नाम लुम्बिनी प्रदेश क्रिकेट संघले घोषणा गरेको हो ।
टिमको प्रशिक्षकको रुपमा वसन्त शाही छन् भने टिम व्यवस्थापकमा राजेश श्रेष्ठ छन् ।
लुम्बिनी प्रदेश समुह बी मा रहेर खेल्नेछ । समुह बीमा एपीएफ क्लब र गण्डकी प्रदेश पनि छन् ।