अभिनेत्री रेखा थापा नाटकमा डेब्यू गर्दैछिन्। उनले कान्तिपुर फिल्म एकेडेमीको फिल्म ‘मीरा’ बाट नाटकमा डेब्यू गर्न लागेकी हुन्।

कान्तिपुर फिल्म एकेडेमीले गत महिना अभिनेता राजेश हमालबाट शिलान्यास गरेर नक्साल गैह्रीधाराको आफ्नै परिसर बनाएको हो।

जसमा ओपनिङ नाटक रूपमा ‘मीरा’ मञ्चन हुने कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले जानकारी दिए।

अभिनेत्री रेखा थापाले पनि आफ्नो सामाजिक सञ्जालमा केही दिन अगाडी रेखा की मीरा? भन्ने पोस्ट सहितको फोटो सार्वजनिक गरेकी थिइन्।

आजबाट नाटकको रिडिङ र रिहर्सल सुरु गरिएको छ। दीपक सिंजाली लिखीत उपन्यास ‘मीरा’ मा आधारित नाटकमा एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा छ।

नाटकको नाट्य रूपान्तरण र निर्देशन सुन्दर धितालले गर्दैछन्। अन्य पात्रहरूको बारेमा केही दिनमा सार्वजनिक गरिने कान्तिपुर थिएटरले जानकारी गराएको छ। यो नाटक जेठ १५ गतेदेखि मञ्चन हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर