सन् २०१४ मा ‘डान्स इन्डिया डान्स लिटिल मास्टर– सिजन ३’ र सन् २०१७ मा’ झलक दिखला जा सिजन ९’ जितेकी तेरिया फौजा मगर नेपाल टेलिभिजबाट प्रसारण हुने “मेरो डान्स युनिभर्स सिजन २“नृत्य रियालिटी शोमा होस्टको रुपमा देखापर्ने भएकी छन् ।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाद्वारा आयोजित विश्वस्तरीय यो शो आइतबारदेखि नेपाल टेलिभिजनमा प्रसारण हुँदैछ ।
विश्वभरका २३ देशबाट नेपाली मुलका प्रतिभा सहभागी उक्त शो प्रत्येक आइतबार र सोमबार राति ८ः५० बजे प्रसारण हुने छ । साथै सोही समयमा इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको युट्युब च्यानलमा पनि हेर्न सकिने फाउन्डेसनको कार्यकारी निर्देशक चुडामणी भट्टराईले जनाएका छन् ।
विश्वका नेपाली जातिका १ सय २० प्रतिभाले सहभागिता जनाएको यों शो को विजेताले एक करोड पुरस्कार पाउने छन् । सोको होस्ट तेरिया प्रसिद्ध नेपाली नृत्याङ्गना हुन् जसले भारतीय नृत्यरियालिटी शोहरूमा महत्वपूर्ण सफलता हासिल गरेकी छन् ।
डान्स इन्डिया डान्स’ र ‘झलक दिखला जा’ को बाहेक, तेरिया भारतीयटेलिभिजन उद्योगमा पनि एक प्रमुख व्यक्तित्वको रूपमा देखा परेकी छन् । ती दुई शोहरूमा सफलता प्राप्त गरेपछि उनले विभिन्न नृत्य रियालिटी शोहरू तथा टक शोहरूमा अतिथि उपस्थितिको रूपमा भाग लिँदै आफ्नो नृत्य कौशल र मनमोहक व्यक्तित्व प्रस्तुत गरेकी छन् ।










