
साताको दोस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज बजार ९.६२ अंकले घटेर २६१०.७६ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड ४१ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा गिरावट आउँदा दश उपसूचक राताम्मै भएको छ ।
आज बजारमा गिरावट आउँदा पनि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स र सिटिजन सुपर ३० म्युचुअल फण्डको सेयरमा सकरात्मक सर्किट लाएको छ ।