बुधबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर कारोबार भएको हो ।

जसअनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ ।

मंगलबार तोलामा १ लाख ८९ हजार ९०० कायम थियो । यसैबिच चाँदीको मूल्य भने स्थिर रहेको छ ।

मंगलबार तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्य कायम भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर