काठमाडौँ। भारत र पाकिस्तानबीच तनाव बढेपछि चीनले दुवै देशलाई शान्त र संयम रहन आग्रह गरेको छ ।

मंगलबार राति भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेपछि चिनियाँ विदेश मन्त्रालयले पाकिस्तानमाथि भारत सरकारले गरेको सैन्य कारबाहीलाई खेदजनक भन्दै दुवै देशलाई संयम रहन आग्रह गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेकी छन्, ‘हामी त्यहाँ भइरहेको सबै गतिविधिलाई चासोपूर्वक हेरिरहेका छौँ ।

आज बिहानै भारततर्फबाट भएको सैनिक अप्रेसन खेदजनक छ ।

हामी दुवै पक्षलाई शान्ति र स्थायित्वको बृहत्तर हितका लागि सोच्न, शान्त रहन, संयमता अपनाउन र परिस्थितिलाई अझ जटिल बनाउने कुनै पनि कदम चाल्नबाट जोगिन आग्रह गर्छौं।’

प्रतिक्रिया

सम्बन्धित खवर