झापामा खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

आफ्नै श्रीमती ३४ वर्षीया विटी हेमरन भन्ने पूजा हेमरनको हत्या गरेको अभियोगमा उनका श्रीमान् ३५ वर्षीय कविराज हेमरन पक्राउ परेका हुन् ।

कन्काई नगरपालिका–२ सुकेडागी बस्ने कविराजलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । कविराजले खुकरी प्रहार गर्दा पूजाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर