विराटनगरस्थित कोशी  बालसुधार गृहबाट तीन जना किशोर फरार भएका छन्।

जबरजस्ती करणी अभियोगमा सुधार गृहमा राखिएका तीन जना किशोरहरूमध्ये दुई जना बालसुधार गृहकै विद्यालयमा कक्षा ८ मा  र एक जना कक्षा ७ मा पढिरहेका थिए।

बालसुधार गृहका अनुसार तीन जनामध्ये उदयपुर र तेह्रथुमका १८–१८ वर्षका किशोर हुन् भने इलामका १७ वर्षीय थिए। सोमबार दिउँसो साढे २ बजेतिर उनीहरू फरार भएका हुन्।

बाल सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार फरारमध्ये उदयपुरका १८ वर्षीय किशोर १६ वर्ष ८ महिना कैद सजाय तोकिएका थिए।  उनी तीन वर्षदेखि सुधार गृहमा थिए।

बाँकी दुई जना भने पुर्पक्षका लागि सुधार गृहमा पाँच महिनाअघि ल्याइएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर