नेपालले आज साफ यु–१९ च्याम्पियनशिपमा भारतसँग खेल्दैछ। भारतको गोल्डेन जुब्ली रंगशालामा खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ। नेपाल र भारत दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

गत आइतबार भएको समूह चरणको पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध ५–० को जित हात पार्दै नेपाल एक खेल अगाबै सेमिफाइनलमा स्थान बनाएको थियो। भारतले श्रीलंकालाई ८-० को फराकिलो अन्तरले हराएको थियो।

आजको खेलले समूह विजेताको टुंगो लाग्ने छ। समूह बी मा नेपाल, भारत र श्रीलंका रहेका छन्। भारत पनि यस अघि नै सेमिफाइनलमा पुगिसकेको छ। समूह एमा बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन्।

बंगलादेश यस अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। बंगलादेशले भुटानलाई ३-० र माल्दिभ्ससँग २-२ गोलको बराबरी खेलेको छ। प्रतियोगिता अन्तरगत आजै भुटान र माल्दिभ्स भिड्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर