प्रकाश सपुतको गीत ‘सकम्बरी’ मार्फत मोडलिङमा उदाएकी मोडल कुसुम शर्माले इन्गेजमेन्ट गरेकी छन् ।

उनले प्रेमी विश्वास अधिकारीसँग मंगलबार  इन्गेजमेन्ट गरेकी हुन् ।

चितवनमा आयोजित इन्गेजमेन्ट समारोहमा उनका आफन्त र पारिवरका सदस्यको उपस्थिति थियो ।

कुसुमले छिटै विवाह गर्ने बुझिएको छ । दुवैले केही समयको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् । दुवै परिवारको सहमतिमा इन्गेजमेन्ट भएको बताइन्छ ।

टिकोटालो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरिएको बताइएको छ । कुसुम म्युजिक भिडियोमा व्यस्त मोडल हुन् । उनले फिल्म समेत अभिनय गर्दै छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर