नेकपा माओवादी केन्द्रले दोस्रो चरणको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुरु भएको छ ।

सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला स्थित पाटन नगरपालिकाद्वारा निर्मित स्मारकको उद्घाटन गरी अभियान सुरु गरेको हो ।

उद्घाटन कार्यक्रम अन्तर्गत माओवादी केन्द्रले पाटनमा आयोजना गरेको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

जेठ १० गतेसम्म सञ्चालन हुने यो अभियान पोखरामा आएर समापन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर