नेपाल नर्सिङ परिषद्ले ३४औं नर्सको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । जसमा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका छन् । शनिबार लिएको स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको लाइसेन्स परीक्षाको नतिजाले नर्सिङ पढाईको गुणस्तरमा प्रश्नचिह्न खडा गरेको छ ।

परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङतर्फ कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना अर्थात १९.३४ प्रतिशत मात्रै पास भएका छन् ।
यस्तै, शनिबार नै लिएको बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधाभन्दा बढी फेल भएका छन् । बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३) प्रतिशत उत्तिर्ण भएका छन् ।

पीसीएल तर्फको परीक्षामा किन यतिधेरै फेल भए ? ‘पहिला देखि पास हुन नसकेको गुप्र बढी थिए । अहिका फ्रेसका विद्यार्थीहरु होइनन्,’ प्रजापतिले अनलाइनखबरसँग भनिन्, ‘ पीसीएल पनि नेपालका मात्रै गुप्र हुन् । जो पहिलादेखि पास गर्न नसकेका गुप्र सहभागी भएकाले अहिलेको परीक्षा कमजोर देखिएको हो ।
यस्तै, बीएस्सी नर्सिङमा पनि पहिलादेखि नै फेल भएका विद्यार्थीहरु सहभागी भएकाले पनि परीक्षा नतिजा राम्रो नदेखिएको प्रजापतिले बताइन् ।

शनिबार विहान ९ देखि ११ : ३० सम्म सञ्चालन भएको ३४औँ नाम दर्ता परीक्षा नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ र बागमती कलेज सुकेधारा सेन्टरमा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर