साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आज बजार ६.९३ अंकले घटेर २६७०.५१ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको २ करोड ३० लाख २६ हजार २४५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा चार उपसूचक मात्र हरियाली भएको छ ।
आज सबैभन्दा बढी राधी विद्युत कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७१ करोड ३ लाख ६ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको माउन्टेन इनर्जीको ५९ करोड १० लाख ९९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै आज ङादी ग्रुप पावरको ५७ करोड ८३ लाख २६ हजार रुपैंया, यूनिभर्सल पावर कम्पनीको ४३ करोड २२ लाख १४ हजार रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको ३७ करोड २९ लाख ९८ हजार रुपैयाँको कारोबार भएको हो ।










