आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबारको तुलनामा चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको हो। बुधबार चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिन्छ।










