यातायात व्यवसायीहरूले काठमाडौँमा पनि विरोध प्रदर्शन गरेका छन्। आइतबार व्यवसायीहरूले काठमाडौँको माइतीघर क्षेत्रमा एक घण्टे धर्ना कार्यक्रम गरेका हुन्।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ सम्बन्धि नियमावलीको विरोध जनाउँदै यातायात व्यवसायीले शुक्रबारदेखि गरेको सार्वजनिक यातायात बन्द गरेका छन्।

पोखरामा यात्रायात ठप्प छन् भने सुदूरपश्चिममा लामो दूरीका सवारीमा रोक लगाइएको छ।

यस्तै, काठमाडौँमा पनि आज सार्वजनिक यातायात बचाऊ केन्द्रीय संघर्ष समितिको आयोजनामा विरोध प्रदर्शन गरिएको हो।

प्रदर्शनका कारण चर्को गर्मी यात्रा गर्ने सर्वसाधारणलाई सास्ती भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर