सोमबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन तोलामा १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९९० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर