नेपाली बजारमा बुधवार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य वृद्धि हुँदै तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य बुधवार तोलामा २ हजार ७४ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा २ हजार ४५ रुपैयाँ कायम थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर