बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा सुनको कारोबार हुनेछ ।

अघिल्लो दिन १ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।एक सातामै सुनको भाउ करिब ६ हजार रुपैयाँ बढेको छ ।

जेठ १५ गते १ लाख ८७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ स्थिर छ । बिहीबार अघिल्लो दिनकै मूल्य प्रतितोला २ हजार ७५ रुपैयाँमा चाँदी कारोबार हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर