नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर आज एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलाको एक लाख ९० हजार सात सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदी मूल्य भने बढेको छ । चाँदी तोलामा पाँच रुपैयाँले बढेर दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य तोलाको दुई हजार एक सय ४५ रुपैयाँमा कायम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर