सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मोल  एक लाख ९० हजार कायम भएको छ ।

सोमबार सोही परिमाणको पहेँलो धातु एक लाख ९० हजार ६०० मा खरिदबिक्री भएको थियो । चाँदीको मूल्यमा पनि केही फेरबदल भएको छ ।

आज एक तोला चाँदी दुई हजार १५० मा कारोबार भइरहेको छ । सोमबार एक तोला चाँदी दुई हजार १६५ मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३१६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर