मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
सुन तोलामा एक हजार ३०० र चाँदीमा रु १५ ले बढोत्तरी भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोल सुनको मूल्य एक लाख ९१ हजार ३०० कायम भएको छ ।
चाँदी तोलामा दुई हजार १६५ मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३४१ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।










