हुम्लाको नाम्खा गाउँपालिका-६ को लिमी उपत्यका क्षेत्रमा तीन वर्षसम्म जडीबुटी संकलन गर्न नपाइने भएको छ।

प्राकृतिक सम्पदा, जडीबुटी तथा वनस्पति संरक्षण व्यवस्थापनका लागि तीन वर्षसम्म प्रतिबन्ध लगाइएको हो ।

नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार भेँडाबाखा, चौँरी लगायत पशुचौपया चराउन समेत प्रतिबन्धित गरिएको छ ।

वडाले सूचना प्रकाशन गरेको मितिदेखि तीन वर्षसम्म जडीबुटी संकलन गर्न, भेडा बाखा-चौँरी चराउन पूर्ण रूपमा प्रतिबन्धित गरिएको उनले बताए ।

नियम उल्लंघन गर्न जोकसैलाई प्रचलित कानुनअनुसार वडाले कारबाही गर्ने तामाङले बताएका छन्।

वन सम्पदा, संरक्षण वातावरणीय सन्तुलन कायम राख्न तथा जैविक विविधता जोगाउन यो नियम लागु गरिएको वडाध्यक्ष तामाङको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर