गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ ।

बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार ६०० ले वृद्धि भएको छभने चाँदीमा  १५ ले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९२ हजार ९०० कायम भएको छ भने एक तोला चाँदी दुई हजार १५० मा कारोबार भइरहेको छ ।

गत मङ्गलबार एक तोला सुन एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी दुई हजार १६५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३८८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर