सुनको भाउ प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।
बजार मूल्यमा हरेक दिन नयाँ नयाँ रेकर्ड कायम भइरहँदा सुनको बजारमा भने मन्दी छाएको छ ।
मूल्य उच्च हुँदा दैनिक २० किलो हाराहारी मात्रै सुनको कारोबार भएको महासंघका अध्यक्ष शाक्यले बताए ।
अन्तर्राष्ट्रिय बजारको ट्रेण्डका कारण सुनको मूल्य अझै उकासिन सक्ने भएकाले सुनको व्यापारको भविष्यमै प्रश्न उठेको बज्राचार्य बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मागमा बढेको चाप अस्वाभाविक भएका कारण सुनको मूल्य अझै अनिश्चित भएको शाक्य बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर